फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफल गर्न चाहेको रूसी दाबी

नेपालभ्युज

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफल गर्न चाहेको रूसी दाबी

मस्को ।  रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने प्रयास गरेको दाबी गरेका छन् । विदेशमन्त्री लाभरोभका अनुसार किएभको सहभागिताबिना नै छलफल गर्न खोजिएको थियो भन्ने दाबी गलत भएको भनी खण्डन गरेको छ ।

अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनमा सहभागी मुलुकहरूले युक्रेनको समर्थनमा संयुक्त मोर्चाको आह्वान गरेका छन् र युक्रेनको सहमति बिना कुनै पनि निर्णय लिन नसकिने बताउँदै आएका छन्।

“धेरै पटक हाम्रा फ्रान्सेली सहकर्मीहरूले गोप्य च्यानलहरूमार्फत युक्रेन सन्दर्भमा उसको सहभागिता बिना वार्ता गरौँ भनी अपील गरेका छन्,” लाभरोभले एक पत्रकार सम्मेलनमा भने ।

उनले रूसी अधिकारीहरू धारणा सुन्न तयार रहेको बताए ।

“लाभरोभले यी अपीलहरू कहिले भएको वा कथित सम्पर्कको बारेमा थप विवरणहरू दिनुभएन,” फ्रान्सेली कुटनीतिक स्रोतले एएफपीसँग बताएको छ ।

स्रोतले भन्यो, “रूसी अधिकारीहरू आक्रामक युद्धलाई निश्तेज पार्न फाइदा उठाउने उद्देश्यले असंयमित टिप्पणी गर्न अभ्यस्त छन्, जसको पूर्ण जिम्मेवारी उनीहरूले वहन गर्नुपर्छ ।”

“फ्रान्सले युद्धको सुरुवातदेखि नै वार्ता प्रक्रियामा प्रवेश गर्न चाहेको समय र परिस्थिति निर्धारण गर्ने जिम्मा युक्रेनको भएको बताउँदै आएको छ,” स्रोतले जनाएको छ ।

करिब तीन वर्ष लामो द्वन्द्वपछि अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अर्को महिना कार्यभार सम्हाल्ने तयारी गरिरहँदा शान्ति वार्ताको सम्भावनाबारे छलफल भइरहेको छ ।

ट्रम्पले पटक–पटक भनेका छन्, “कसरी युद्ध अन्त्य गर्ने वस्तुगत व्याख्या नगरी आफूले युक्रेन युद्ध अन्त्य गर्ने लक्ष्य राखेको बताउनुभएको छ।”

फ्रान्सले युक्रेनमा सम्भावित युद्धविरामको निगरानीका लागि पश्चिमी सेना पठाउने धारणा अघि सारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved