ओलीले विचौलिया र दलाललाई काखी च्यापेर मलाई कारबाही गरे : भीम रावल

विरोधमा उत्रिन इमानदार कार्यकर्तालाई अपिल

नेपालभ्युज

ओलीले विचौलिया र दलाललाई काखी च्यापेर मलाई कारबाही गरे : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले विचौलिया र दलाललाई काखी च्यापेर आफूमाथि कारबाही गरेको आरोप लगाएका छन् ।

समाजिक सञ्जालमा प्रतिक्रिया दिँदे रावलले यस्तो निर्णयविरुद्ध उत्रिन एमालेका इमान्दार कार्यकर्तालाई अपिल पनि गरेका छन् ।

आफूलाई पार्टी सदस्यबाट हटाउने भनि गरिएको निर्णय केपी ओलीले सत्ताको उन्मादमा गरेको आरोप लगाउँदै रावलले यसलाई निरङ्कुश, स्वेच्छाचारी र तानाशाही भनेका छन् ।

रावलले लेखेका छन्, ‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, एमाले विरोधी एवं विचौलिया र दलाललाई काखी च्याप्नेले देशभक्त र इमानदार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन ।’

उनले उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved