बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरमा विद्यार्थीको हत्या

नेपालभ्युज

बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरमा विद्यार्थीको हत्या
सांकेतिक

काठमाडौं । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ ।

ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको हो ।

इन्जिनियरिङ अध्ययनरत गुरूङको सोमबार राति विवादको क्रममा चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेन्टकै कर्मचारी २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका छन् ।

बिल तिर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।

मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved