साई स्वागत सहकारी ठगी प्रकरण : जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

साई स्वागत सहकारी ठगी प्रकरण : जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन अध्यक्ष भरतमणि जंगम र कोषाध्यक्ष लुमन दाहाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

शैली थापा लगायतले  दिएको उजुरीको आधारमा काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि  पक्राउ परेका उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved