हनी ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर

नेपालभ्युज

हनी ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर
भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनु शाही

काठमाडौं । बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा अनुसन्धान अघि बढेपछि फरार रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् ।

आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन् । उनी आपराधिक लाभको मुद्दामा प्रतिवादी हुन् । प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्स्पेक्टर शाही फेला नपरेपछि फरार भन्दै मुद्दा चलाइरहेको थियो । करिब एक महिनापछि शाही भने अदालतमा आफैँ उपस्थित भएकी हुन् ।

न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ । अहिले अदालतमा उनको बयान भइरहेको छ ।

बयान सकिएपछि बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा एक युवालाई फसाउन खोजेको विनुमाथि आरोप छ । यसअघि इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

१३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो । अरू भने धरौटी र साधारण तारेखमा रिहा भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved