अमेरिकाले गर्‍यो यमनका हुथी विद्रोहीमाथि हवाई हमला

नेपालभ्युज

अमेरिकाले गर्‍यो यमनका हुथी विद्रोहीमाथि हवाई हमला

काठमाडौं । अमेरिकी सेनाले यमनको राजधानी सानास्थित हुथी विद्रोही रहेको ठाउँमा हवाई हमला गरेको छ ।

अमेरिकी केन्द्रीय कमाण्डले लाल सागरमा हुथी विद्रोहीहरूका धेरै ड्रोन र जहाजलक्षित क्रुज मिसाइल पनि खसालेको बीबीसीकाे समाचारमा उल्लेख छ ।

‘आक्रमणमा ती आधारहरूलाई निशाना बनाइएको छ, जहाँबाट कमाण्ड सुविधा उपलब्ध गराइन्छ र मिसाइलहरू राखिन्छन्,’ अमेरिकी सेनाले भनेको छ ।

इजरायलमा हुथी विद्रोहीले गरेको आक्रमणपछि अमेरिकाले यो हमला गरेको हो । हुथी विद्रोहीहरूले शनिबार इजरायलको तेल अविभमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

हुथी इरान समर्थित विद्रोही समूह हो, जसको नियन्त्रण यमनको उत्तर–पश्चिम क्षेत्रमा रहेको छ ।

अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीहरूले इजरायल र अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गर्न थालेका थिए । हुथी विद्रोहीले आफूहरू र प्यालेस्टिनीहरू एकजुट भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved