जर्मनीको क्रिसमस बजारमा ‘जिहादी’ आक्रमण : कारले किचेर पाँच जनाको मृत्यु

२०० भन्दा बढी घाइते

नेपालभ्युज

जर्मनीको क्रिसमस बजारमा ‘जिहादी’ आक्रमण : कारले किचेर पाँच जनाको मृत्यु

म्याग्डेबर्ग । जर्मनीको एक क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।

पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएको र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनले बताए । साथै, उनले ‘भयानक आक्रमण’को निन्दा गरेका छन् ।

सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा आएका मानिसहरूले जिहादी समूहले कारले किचेको हो ।

चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गरे ।

जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला चान्सलर स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

‘हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरुद्ध हतियारहरूको प्रयोग गर्छौँं, के यो घृणा होइन ?’ उनले भने, ‘विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । यस भयानक विपत्तिको सामना गर्न हामी जर्मनहरू एक्लो छैनौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved