जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीले दियो बिदा

नेपालभ्युज

जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीले दियो बिदा

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै बोल्ट्सले उपाधि जितेको भन्दै गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।

शनिबार बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अति आवश्यक सेवाबाहेक बिदा हुने गाउँपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved