कविता

हिमाल त कालै भएछ

हिमाल त कालै भएछ

हिउँ त परेकै हो नि सभामुखज्यू,
सात समुद्रपारिबाट आएको
कालो कार्बनडाइअक्साइडले छोपेछ नि लपक्क अन्नपूर्णलाई
र हानेछ मिथेनले घनले झैँ धौलागिरि चुचुरालाई

लफिङ ग्यासको अट्टहासले
तुरुतुरु रुँदै छ माछापुछ्रे
र पग्लन्छ मनास्लु पनि कलकारखानाका ग्यासले तपतप

गुटेरेस महोदयले देख्नुभयो कि भएन कुन्नि,
“सेतो हुनुपर्ने हिमाल त कालै भएछ”
भिटो लाग्ने राष्ट्र सङ्घले निमुखा गरिब मुलुकलाई
जलवायु न्याय दिने, नदिने केही ठेगान छैन
अँ, अध्यक्षज्यूले पनि ठिकै भन्नुभयो त
“हिमाल त खुइलिएछ”

लबस्तरो राजनीतिले गिजोल्नुसम्म गिजोलेका समयमा
हिउँको ध्वाँसे रङ–रूप हेर्न
रोकेर एकैछिन सभा, सम्मेलन, गोष्ठी र कार्यशाला
पुम्दीकोट उक्लनै पर्दाेरहेछ हगि मन्त्रीज्यू
अनि पहाड छेउ यसो उभिएर तस्वीर खिचाउँदै
विहार, आमोदप्रमोद र दृश्यावलोकन गर्नै पर्दाेरहेछ ।
–––
२०८१ पुस ३

कविता: खोला–१

कविता: खोला २

नदी बग्दैन: मिहीन भावबोधका कविता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved