दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
तस्वीर - सरोज बस्नेत/नेपालभ्युज

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दोस्रो पटक दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार उनलाई रिहा गर्न निर्देशन दिएको हो ।

प्रसाईंले आफू साइबर अपराधको मुद्दामा धरौटीमा रिहा भइसके पनि प्रहरीले दुःख दिने मनसायले पुनः पक्राउ गरेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको थियो ।

यसअघि अदालतले साइबर अपराध मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएपछि व्यापारी धम्क्याएको आरोपमा अदालतबाट अर्को पक्राउ पुर्जी जारी गरी उनलाई पुनः पक्राउ गरिएको थियो ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै प्रसाईं अब रिहा हुने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved