रविको भनिएको फोटोबारे बोल्यो प्रहरी, सार्वजनिक गर्नेलाई तीनवटा मुद्दा चल्न सक्ने

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्था भएअनुसारको अपराध अनुसन्धान, गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन भएको हुँदा सोही मुद्दामा अनुसन्धान गरेर कारबाही गर्ने प्रहरीले जनाएको छ ।

नेपालभ्युज

रविको भनिएको फोटोबारे बोल्यो प्रहरी, सार्वजनिक गर्नेलाई तीनवटा मुद्दा चल्न सक्ने

काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भन्दै तस्वीर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी फोटो सार्वजनिक गरिएको भनिएको छ ।

विज्ञप्तिमा प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धान भइरहेको विषयलाई प्रभाव पार्ने काम भएको समेत उल्लेख छ ।

फोटो सार्वजनिक गर्ने व्यक्तिको पहिचान भएको पनि प्रहरीले जनाएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्था भएअनुसारको अपराध अनुसन्धान, गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन भएको हुँदा सोही मुद्दामा अनुसन्धान गरेर कारबाही गर्ने प्रहरीले जनाएको छ ।

यसअघि गृहमन्त्री रमेश लेखकले ‘रविको हिरासतभित्रको फोटो भन्दै बाहिर ल्याउनेलाई कारबाही गर्न’ निर्देशन दिएका छन् ।

तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संलग्न प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved