रवि विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो, तीन कसूरमा अभियोजन गर्न राय

नेपालभ्युज

रवि विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो, तीन कसूरमा अभियोजन गर्न राय
फाइल तस्वीर ।

काठमाडौं । कास्की प्रहरीले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको छ ।

रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले जानकारी दिए ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अभियोजन गर्न राय दिएको छ ।

कार्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा प्रहरीले अनुसन्धान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved