पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो सार्वजनिक बिदा

नेपालभ्युज

पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर (पूर्वप्रमुख) पीएल सिंहको निधनमा आज (सोमबार) शोक बिदा दिएको छ ।

काठमाडौं महानगरमा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आज शोक बिदा निदे निर्णय गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मेयर सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

‘काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु हुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निधन भएकोमा काठमाडौं महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ महानगरले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘आज अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयमा शोक बिदा रहने छ ।’

काठमाडौं महानगरका पूर्वमेयर सिंहको आज बिहान निधन भएको हो ।

नेपाली कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचारत थिए ।

काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved