करिब आठ अर्बको सेयर निष्कासनका लागि बोर्डले दियो अनुमति 

नेपालभ्युज

करिब आठ अर्बको सेयर निष्कासनका लागि बोर्डले दियो अनुमति 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ को चार महिनामा सात अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति दिएको छ ।

बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल ७ अर्ब ८९ करोडको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।

समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल सात अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भएको छ । चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो ।

गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved