फेरि घट्यो सुनको मूल्य

नेपालभ्युज

फेरि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको थियो ।

आज सुन १ लाख ५० हजार ८०० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । शुक्रबार १ लाख ५३ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा मा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved