पत्रकार महासंघ सिरहाको अध्यक्षमा दोहोरिए बनैता

नेपालभ्युज

पत्रकार महासंघ सिरहाको अध्यक्षमा दोहोरिए बनैता

सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोजकुमार बनैता यादव पुनः निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामबाबु यादवलाई तीन मतान्तरले पछि पार्दै बनैता निर्वाचित भएका हुन् ।

शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित भएका हुन् । उनले ३३ मत प्राप्त गरेका छन् भने नेपाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धनका उम्मेदवार रामबाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गरेका छन् ।

यसैगरी, समितिको उपाध्यक्षमा रोयाण्टर मण्डल निर्वाचित भएका  छन् भने महिला उपाध्यक्षमा उषाकुमारी यादव र यमुना खनालबीच बराबरी मत प्राप्त भएपछि आधाआधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ । यस्तै, सचिवमा मुकेश यादव, सहसचिवमा ऐलिना हिङ्माङ्ग चौधरी र समावेशी सहसचिवमा धर्मेन्द्र पासवान, कोषाध्यक्षमा शुभनारायण कामतीसहित १५ सदस्य निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved