धरौटीमा छाड्न अदालतले आदेश दिए पनि फेरि पक्राउ पर्दै दुर्गा प्रसाईं
नेपालभ्युज
फाइल तस्वीर
काठमाडौं । चरित्र हत्या अभियोगमा पक्राउ परेका भाइरलम्यान दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिए पनि फेरि पक्राउ पर्ने भएका छन् ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि अदालत परिसरबाटै प्रहरीले अर्को मुद्धामा पक्राउको तयारी गरेको छ ।
आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले पक्राउ गर्ने तयारी रहेको जनाइएको छ ।
साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रसाईंकै निर्देशनमा एक व्यक्तिले नेपाली व्यवसायीलाई धम्की दिएको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
अब प्रसाईंलाई सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ ।
जिल्ला अदालत काठमाडौं बाहिर प्रसाईं समर्थकहरू
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ ।
प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्युरोलाई बुझाएको थियो ।
यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाँललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो ।
व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ ।
केही समयअघि लरेन्स विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।
Facebook Comment
Comment