सुचिनाको शोकमा बारपाकमा सार्वजनिक बिदा

नेपालभ्युज

सुचिनाको शोकमा बारपाकमा सार्वजनिक बिदा
फाइल फोटो

काठमाडौं । बारपाककी सुचिना घलेको हत्याको शोकमा बिहीबार सार्वजनिक बिदा आह्वान गरिएको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र  २ ले संयुक्त रुपमा सार्वजनिक बिदा आह्वान गरेका हुन्।

‘सुचिनाको हत्या भएको भोलि बिहीबार १३ औँ दिन बारपाक गाउँ रहेको वडा नं. १ र २ भरि सार्वजनिक बिदा गर्ने निर्णय गरेका छौँ’, वडा नं. १ का वडाअध्यक्ष धनबहादुर घलेले भने, ‘शोक मनाउन गाउँमा भोलि सार्वजनिक बिदा भनेर दुवै वडाले टोलटोलमा कटुवाल कराइसक्यो। शोक बिदाका दिनमा बारपाकमा मेलापात, घाँस दाउराका सबै काम बन्द गरिन्छ। वडा कार्यालय, स्वास्थ्यचौकी, सामुदायिक र निजी विद्यालय सबै बन्द रहन्छन्।’

सुचिनाको अत्माले शान्ति पाओस् भनी गाउँका मुख्य लामाले गुम्बामा १०८ बत्ती बाल्ने, चिहानडाँडामा सुचिनाको नाममा माने बनाउने कार्यक्रम आयोजना गरिएको उनले बताए।

घटना भएको १२ औँ दिनमा सुचिनाको शव शिक्षण अस्पताल काठमाडौंबाट बारपाक ल्याई बुधबार अन्त्येष्टि गरिएको छ। उनको घले परम्पराअनुसार चिहानडाँडामा दाहसंस्कार गरिएको हो।

सुचिनाको गत मंसिर १५ मा जंगलमा घाँस काट्न जाँदा हत्या भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved