छविलाई पोखराबाट पर्सा लगियो, अब रविको पालो

नेपालभ्युज

छविलाई पोखराबाट पर्सा लगियो, अब रविको पालो

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीकाे पाेखराबाट पर्सा लगिएको छ ।

उनीसँगै अर्का आराेपी रामबहादुर खनाललाई पनि पर्सा लगिएको प्रहरी स्रोतले जनाएको छ ।

सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशी र खनाललाई राति स्थलमार्ग हुँदै पर्सा लगिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी भएको छ । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।

लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतबाट थप अनुसन्धानका लागि चार दिन म्याद थपिएको थियो । यसैले उनलाई सकेसम्म चाँडै पर्सा लगिने सम्भावना छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved