काठमाडौं । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेका छन् ।
विद्रोही समूहले सन्देशमा भनेका छन्, ‘हामीले राष्ट्रपति बशर अल–असदको शासन अन्त्य गरिसकेका छौँ ।’
विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेको छ ।
हयात तहरीर अल-शाम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले बसर अल-असदले देश छोडेको दाबी गरेको छ ।
यी सबै बीचमा सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, ‘सिरिया आफ्नो छिमेकी र विश्वका अन्य देशहरूसँग राम्रो सम्बन्ध राख्ने सामान्य देश बन्नसक्छ।’
शनिबार सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको दाबी गरेका छन् ।
सम्बन्धित सामग्री-
सिरियामा किन भइरहेको छ द्वन्द्व ?
अल-जुलानी : जसले अन्त्य गरे असदको २४ वर्षे शासन
Facebook Comment
Comment