आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपातको प्रक्षेपण

नेपालभ्युज

आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपातको प्रक्षेपण
फाइल तस्वीर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै पश्चिम नेपालमा यसको प्रभाव बढी पर्ने जानकारी दिएको छ ।

बुलेटिनका अनुसार पश्चिम नेपालबाट पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली प्रवेश गर्दैछ । यसले देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

यो प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने विभागले जनाएको छ ।

विभागका अनुसार  गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको प्रक्षेपण छ । विभागले गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved