कैलालीको चुरेका किसान सुन्तलाको उचित मुल्य पाएपछि खुशी

नेपालभ्युज

कैलालीको चुरेका किसान सुन्तलाको उचित मुल्य पाएपछि खुशी

धनगढी । कैलालीको चुरे गाउँपालिकाका अधिकांश खेतमा अहिले सुन्तला लटरम्म फलेको छ । कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान खुशी भएका हुन् ।

सो गाउँपालिकामा विगतका वर्ष भन्दा सुन्तलाले राम्रो आम्दानी पाएपछि किसानहरु हर्षित भएका हुन् । सडक संजाल नहुँदा  सस्तो मुल्यमा सुन्तला बेच्दै आएका किसान अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो ९० सम्म बेचिरहेका छन् ।

वैदेशिक रोजगारमा गएर तीन वर्ष पहिले नेपाल आएका चुरे गाउँपालिका वडा नम्बर एकका विकास धामीले सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताए ।

बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनको भनाई छ । कैलालीको चुरे गाउँपालिका र मोहन्याल गाउँमा सुन्तला खेती हुँदैं आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved