काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को आयोजनामा नेपाल–चीन बिजनेस समिट २०२४ सम्पन्न भएको छ ।
व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले समिट आयोजना गरिएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार राजनीतिक स्थायित्वको उदाहरण भएको बताएका छन् । पूँजी बजार गहिरो र वित्त बैंकिङ राम्रो स्थितिमा रहेको उनले बताए ।
सम्मेलनमा बोल्दै चीनका उपवाणिज्यमन्त्री लिंग जीले आगामी वर्ष चीन नेपाल कूटनीतिको ७० वर्ष पूरा हुने भएकाले केही आयोजना गर्न व्यवसायी समुदायलाई अनुरोध गरेका छन् ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल चिनियाँ पर्यटकहरूलाई स्वागत गर्न सधैं तयार रहेको बताएका छन् ।
उनले नेपाल सुन्दर परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र अनुपम अनुभवका साथ नेपाल विश्व यात्रुहरूका लागि आकर्षक गन्तव्य रहेको बताए ।
‘भिजिट नेपाल इयर इन चाइना’अन्तर्गत होटल, रिसोर्ट, थिम पार्क र केबुलकार जस्ता साहसिक पूर्वाधारमा लगानी गर्ने अपार सम्भावना रहेको उनी बताउँछन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि नेपालमा लगानी गर्न विभिन्न क्षेत्रमा अवसर रहेको बताए ।
साथै, युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेलले नेपाललमा लगानी गर्न महासंघले सहयोग गर्दै आइरहेको बताए । नेपालमा व्यापार र लगानीका हिसाबले निजी क्षेत्रको प्राथमिकतामा रहेको उनी बताउँछन् ।
सम्मेलनमा चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ शाओगाङ, चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ शाओगाङ, चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी लिमिटेडका उपाध्यक्ष याङ झिचाओ, चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी लिमिटेडका उपाध्यक्ष याङ झिचाओलगायतले आफ्नो भनाइ राखेका थिए ।
सम्मेलनमा महासंघका उपाध्यक्ष ज्योत्सनासहित, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ, सिम्याक्स इङ्क प्रालिका अध्यक्ष अनिल श्रेष्ठलगायत ३५ जना उद्योगी सहभागी थिए ।
























Facebook Comment
Comment