गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी दोब्बर मतले अगाडि

नेपालभ्युज

गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी दोब्बर मतले अगाडि

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादीका उम्मेदवार निम लेकी शेर्पाले ८०५ मतसहित अग्रता बनाएकी हुन् । उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा झण्डै दोब्बर मतले अघि छन् ।

दोस्रो स्थानमा नेकपा एमालेकी उमा लुङ्गेली मगरले ४४७ र तेस्रो स्थानमा कांग्रेसकी पासदिकी तामाङले २४० मत ल्याएकी छन् ।

यो गाउँपालिकामा २०७९ को स्थानीय चुनावमा मा‌ओवादीको समर्थन प्राप्त गरेका कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved