पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको फराकिलो अग्रता

नेपालभ्युज

पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको फराकिलो अग्रता

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षको मतगणनामा माओवादी केन्द्रले दोब्बरभन्दा बढी मतले अग्रता बनाएको छ ।

माओवादीकी नरपुरा बुढाले २ हजार ६२५ मतसहित अगाडी छन् । यहाँ कांग्रेस र एमालेले संयुक्त उम्मेदवार बनाएका छन् ।

कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले १ हजार २७९ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यो गाउँपालिका उपाध्यक्षमा यसअघि माओवादी केन्द्रका भूपेन्द्रा बुढा निर्वाचित भएका थिए । उनको बागलुङमा भएको दुर्घटनामा निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved