गढीमाई-८ बाट खोल्यो एकीकृत समाजवादीले खाता, यादव विजयी

नेपालभ्युज

गढीमाई-८ बाट खोल्यो एकीकृत समाजवादीले खाता, यादव विजयी

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् ।

यादवले ६ सय ५५ मत सहित समाजवादीको खाता  खोलेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६ सय ३१ मत पाईन् ।

नेपाली कांग्रेसका सुबोधकुमार यादव ६ सय १७ मतसहित तेस्रो भए ।  जसपा नेपालका सन्देशप्रसाद यादवले २ सय ५८ मत पाए ।

यसअघि सो वडामा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव  विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved