कीर्तिपुरमा यसरी सुरु भयो मेयर पदको मतगणना (फोटोहरू)

नेपालभ्युज

कीर्तिपुरमा यसरी सुरु भयो मेयर पदको मतगणना (फोटोहरू)
काठमाडौं । कीर्तिपुरमा मेयर पदको  मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार मतगणना राति १० बजेबाट वडा नं १ को मतपेटिकाबाट सुरु गरिएको हो ।
सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया सुरु भएको जानकारी दिँदै कार्कीले पहिलो चरणमा बाघभैरव मन्दिर परिसरमा रहेको प्रमुख पदको क, ख र ग तीनवटा मतपेटिकाको गणना भइरहेको बताइन् ।
मतगणनाका लागि सुरक्षाको विशेष व्यवस्था गरिएको छ । सबै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved