रविको आज पनि बयान

नेपालभ्युज

रविको आज पनि बयान
फाइल तस्वीर ।

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (आइतबार) पनि बयान लिइँदैछ ।

आज पनि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान लिन लागिएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको बयान शुक्रबार पनि लिइएको थियो ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved