काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्थानीय तहको निर्वाचनको मतदान जारी छ । अन्यत्रजस्तै कीर्तिपुरमा पनि आज (आइतबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
आज कीर्तिपुरमा उपनिर्वाचनका लागि विद्यालय र शैक्षिक संस्था बन्द गरिए पनि सरकारी कार्यालय खुला छन् । बैंक र वित्तीय संस्था पनि नियमित रूपमा सञ्चालन हुनेछन् ।
मतदातालाई सहज बनाउन सवारी आवतजावत खुला राखिने निर्णय भएको छ ।

मतदान केन्द्र वरपर मादक पदार्थ बिक्रीमा रोक लगाइने भए पनि अन्य पसलहरू भने नियमित रूपमा खुला रहनेछन् ।
यस निर्णयले निर्वाचनको व्यवस्थापनलाई सहज बनाउन र जनजीवनलाई कम प्रभावित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचन आयोगले शान्ति सुरक्षाको लागि विशेष निगरानी राख्ने योजना बनाएको छ । मतदातालाई निर्धक्कसँग मतदान गर्न आग्रह गरिएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि देशका केही ठाउँमा उपनिर्वाचन भएको हो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखसँगै वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको छ ।
हेरौँ तस्वीरमा :

Facebook Comment
Comment