कडा निगरानीमा फेसबुक टिकटक, घृणा र भ्रम फैलाउने पोस्ट गरे साइबर मुद्दा

नेपालभ्युज

कडा निगरानीमा फेसबुक टिकटक, घृणा र भ्रम फैलाउने पोस्ट गरे साइबर मुद्दा

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा ‘जे पनि’ लेखेर पोस्ट गर्ने विकृति बढेपछि सरकारको कडा निगरानी थालेको छ ।

फेसबुक टिकटक, घृणाजन्य र भ्रम फैलाउने पोस्ट पढ्न थालेपछि नियमन थालिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

पछिल्लो समय फेसबुक तथा टिकटकमा गाली गलौच, मानहानि लगायत पोस्ट गर्ने विकृति बढेपछि निगरानी बढाएको जनाइएको छ ।

        सरकारका अनुसार कानुनी कदमको चेतावनी दिइएका प्रावधानरू

  • द्वेषपूर्ण अभिव्यक्ति: जातीय, धार्मिक, र सामाजिक सद्भाव बिगार्ने सामग्रीमा कानुनी कारबाही हुनेछ ।
  • गाली र बेइज्जती: व्यक्तिविशेषमाथि लक्षित अपमानजनक पोष्ट साइबर अपराधको दायरामा ल्याइनेछ ।
  • भ्रम फैलाउने सामग्री: सार्वजनिक हितविपरीत भ्रामक समाचार या अभिव्यक्ति पोस्ट गर्नेविरुद्ध साइबर मुद्दा दर्ता गरिनेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved