यस्ता देश जहाँ बस्नको लागि तपाईंलाई सरकारले नै पैसा दिन्छ !

नेपालभ्युज

यस्ता देश जहाँ बस्नको लागि तपाईंलाई सरकारले नै पैसा दिन्छ !

एजेन्सी । एउटा घर बनाउन मानिसहरूको पुरै जीवन बित्छ । घर बनाउन धेरै रकम पनि खर्च हुन्छ, जीवनभरिको कमाई घर बनाउन लगाउँछौँ ।

तर विदेशका केही ठाउँहरू छन् जहाँ बस्न पैसा खर्च गर्नुको सट्टा पैसा दिइन्छ । आज हामी त्यस्ता केही स्थानहरूको बारेमा कुरा गर्नेछौँ ।

तपाईंले इटालीको बारेमा धेरै सुन्नुभएको छ होला । इटालीको प्रेसिचे (Presicce) नामक ठाउँमा बस्न मानिसहरूलाई ३० हजार युरो दिइन्छ ।

किनभने यहाँ अधिकांश मानिसहरू बूढा छन् र जनसङ्ख्या बढ्दैन । युवाहरूलाई गाउँमा बस्न आकर्षित गर्नको लागि त्यहाँको सरकारको यो रणनीति ल्याएको हो ।

अर्को स्थान ग्रीस टापु एन्टिकाइथेरा (Antikythera) हो । यदि कोही यहाँ बस्ने निर्णय गर्छ भने, सरकारले अर्को ३ वर्षसम्म प्रति महिना ५ सय युरो दिनेछ । हाल यस टापुमा केवल ५० मानिसहरू बस्छन् ।

अब कुरा गरौँ दुनियाँभरमा आफ्नो सुन्दरताका लागि प्रसिद्ध देश स्विट्जरल्यान्डको । यहाँको साना गाउँ एल्बिनेनमा (Albinen) बस्न पनि सरकारले पैसा दिन्छ ।

४५ वर्षभन्दा कम उमेरका जो मानिसहरू यहाँ बस्छन्, उनलाई २५ हजार डलर र जोडीलाई ४७ हजार डलर दिइन्छ । यदि बच्चाहरू छन् भने, प्रति बच्चा १० हजार डलरका दरले दिइन्छ । सर्त के हो भने यो ठाउँ १० वर्षसम्म छोड्नु मिल्दैन ।

अमेरिकाको अलास्कामा (Alaska) पनि मानिसहरूलाई बस्न पैसा दिइन्छ किनभने यहाँ बस्ने मानिसहरू धेरै कम छन् । हिउँ र चिसोका कारण यहाँ कम मानिसहरू बस्छन्, तर जो यहाँ बस्छ, सरकारले प्रति वर्ष १६ सय डलर दिन्छ । तर कम्तीमा १ वर्ष यहाँ बस्नै पर्छ ।

यस्तै स्पेनको पोङ्गा (Ponga) नामक गाउँमा मानिसहरूको जनसङ्ख्या धेरै कम छ । त्यसैले अर्थव्यवस्था बढाउन र युवा नागरिकहरूलाई आकर्षित गर्न स्थानीय अधिकारीहरूले प्रत्येक जोडीलाई यहाँ बस्न ३ हजार युरो दिन्छन् । यदि यहाँ बस्दा बच्चा जन्मन्छ भने, बच्चालाई पनि ३ हजार युरो दिइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved