काठमाडौं । आत्मविश्वास त्यस्तो गुण हो, जसले सबैलाई आकर्षित गर्छ । व्यक्ति जति सुन्दर र स्टाइलिस भएपनि यदि उसमा आत्मविश्वास छैन भने सबै कुरा फिक्का देखिन्छ ।
आत्मविश्वासी पुरुषले महिलाहरूको ध्यान त पाउँछन् नै साथमा आफ्नो कार्यस्थलमा अघि बढ्ने अवसर पनि पाउँछन्, सफलता पाउँछन् र अरू व्यक्तिले उनीहरूलाई सम्मानको दृष्टिले हेर्छन् । आज हामी पुरुषलाई कस्ता बानीहरूले आत्मविश्वासी देखाउँछ त्यसबारे जान्नेछौँ-
आफ्नो रूपमा नहिचकिचाउने
आत्मविश्वासी पुरुषको एउटा पहिचान यो हो कि उनीहरू आफ्नो व्यक्तित्व वा कस्तो देखिन्छन् भन्ने कुरामा हिचकिचाउँदैनन् । उनीहरूमा आत्मविश्वास हुन्छ । उनीहरूको रूप वा बाहिरी आवरणले काम वा सम्बन्धमा नकरात्मक असर पार्दैन ।
असफलताबाट डराउँदैनन्
आत्मविश्वासी पुरुषहरू कहिल्यै पनि असफलताबाट पछि हट्दैनन्, बरु यसलाई सिक्ने अवसरको रूपमा लिन्छन् । जीवनमा उतारचढाव आउँछन् र कहिलेकाहीँ व्यक्तिले पराजयको अनुभव गर्नुपर्छ भन्ने उनीहरूलाई थाहा हुन्छ ।
अरूको विचारले आफ्नो विचार परिवर्तन गर्दैनन्
हरेक व्यक्तिको आफ्नै विचारहरू हुन्छन्, जुन उनीहरूले अरूलाई जबरजस्ती त्यस्तै बनाउन खोज्छन् । तर, आत्मविश्वासी पुरुष अरूको विचार सुनेर आफ्नो विचार परिवर्तन गर्दैनन्, बरु सही कुराको समर्थन गर्छन्, सोच्छन् र निर्णय लिन्छन् ।
आफ्नो मूल्य जान्दछन्
आत्मविश्वासी व्यक्तिहरू आफ्नो मूल्य जान्दछन् । उनीहरूलाई आफ्नो कमजोरी र शक्तिको ज्ञान हुन्छ र बेकारका कुराहरूले आफूलाई कमजोर सोच्दैनन् ।
भावनाबाट डराउँदैनन्
धेरै पुरुषहरू भन्छन् कि उनीहरू आफूलाई व्यक्त गर्न सक्दैनन् वा भावनाहरू प्रकट गर्न डराउँछन् । तर, आत्मविश्वासी पुरुषहरू भावनाहरूबाट डराउँदैनन् । उनीहरू आफ्ना विचारहरू स्पष्ट रूपमा भन्ने गर्छन् ।
अरूलाई बोल्न मौका दिन्छन्
आत्मविश्वासी पुरुषहरूको अर्को पहिचान हो अरूलाई बोल्न मौका दिनु र शान्तिपूर्वक उनीहरूको कुरा सुन्नु । यो गुणले उनीहरूलाई विशेष बनाउँछ ।
ध्यान खोज्दैनन्
धेरै मानिसहरू विभिन्न कार्यहरू गर्छन्, अरूलाई चिढाउन वा हास्यास्पद बनाउन पनि पछि हट्दैनन् किनभने उनीहरूलाई लाग्छ कि यसो गर्दा मानिसहरूले उनीहरूलाई ध्यान दिनेछन् । आत्मविश्वासी पुरुषहरूलाई ध्यानको आवश्यकता हुँदैन । उनीहरू अरूको ध्यान पाउने प्रयासमा कहिल्यै लाग्दैनन् ।
Facebook Comment
Comment