भारतीय ग्याङस्टारको नामबाट धम्क्याउने व्यक्ति ‘दुर्गा प्रसाईंद्वारा सञ्चालित’

नेपालभ्युज

भारतीय ग्याङस्टारको नामबाट धम्क्याउने व्यक्ति ‘दुर्गा प्रसाईंद्वारा सञ्चालित’

काठमाडौं । नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने एक व्यक्ति ‘भाइरल म्यान’ दुर्गा प्रसाद प्रसाईंको कार्यकर्ता रहेको खुलेको छ ।

भारतीय र दुबईको फोन नम्बरबाट फोनकल तथा मेसेज मार्फत् फिरौती माग्ने व्यक्ति पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
पक्राउ पर्नेमा पाँचथर साबिक मौवा गाविस वडा नं. ६ घर भई हाल जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआली बस्ने वर्ष ३६ को नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँल हुन् ।

उनले व्यवसायी दुर्गा प्रसाद प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरूलाई आतंकित पारेका थिए ।

बुधबार बेलुका झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउपछि प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनी यसअघि पनि विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुलेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved