रामेछाप दुर्घटना : गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

नेपालभ्युज

रामेछाप दुर्घटना : गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं । दुर्घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडानम्बर-६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतको मृत्यु भएको हो ।

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

घटनामा अन्य चार जनाको मृत्यु भएको छ । तर, सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ ।

१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार थिए । ३ जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved