एनसेलले विद्यार्थीलाई प्रत्येक चौकामा शैक्षिक सामग्री दिने

नेपालभ्युज

एनसेलले विद्यार्थीलाई प्रत्येक चौकामा शैक्षिक सामग्री दिने

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चार वटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ । फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्ने उदेश्यस्वरुप सो घोषणा गरेको हो ।

‘क्रिकेटले सबैलाई एकताबद्ध बनाउँछ, यस पहलमार्फत हामी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

फाउन्डेसनले उपलब्ध गराउने शैक्षिक सामग्री क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा प्रदान गरिनेछ ।

क्यानले एनपीएलका लागि एनसेलसँग यसअघि नै साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved