गठ्ठाघरमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

नेपालभ्युज

गठ्ठाघरमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा आज (बिहीबार) ट्रकले स्कूटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान सोही दिशातर्फ गइरहेको बाप्र ०२–०३८ प ४४०१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा ४१ वर्षीया नवीना देउलाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज (बिहीबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा नवीनाका श्रीमान् जित देउला घाइते भएका छन् । उनको नजिकैको नागरिक अस्पतालमा भइरहेको छ ।

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्धबहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved