बाबुको हत्या गरेर छोरा फरार

नेपालभ्युज

बाबुको हत्या गरेर छोरा फरार
साङ्केतिक तस्वीर ।

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुवा दर्वे खत्रीको हत्या गरेका हुन् ।

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार बुवाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved