भुलक्कड मानिसहरूको गाउँ, जहाँ कसैलाई केही याद रहँदैन !

नेपालभ्युज

भुलक्कड मानिसहरूको गाउँ, जहाँ कसैलाई केही याद रहँदैन !

एजेन्सी । आजभोलिको व्यस्त जीवनशैलीमा केही कुरा बिर्सनु ठूलो कुरा होइन । तर, बिर्सने यो बानी वा रोगले मानिसको जीवनमा धेरै प्रभाव पार्छ । आज हामी तपाईंलाई एउटा त्यस्तो गाउँको बारेमा बताउँछौँ, जहाँ बस्ने मानिसहरूलाई केही पनि याद रहँदैन । न त उनीहरूले बाटो सम्झन सक्छन्त, न पसलमा पैसा तिरेर केही किन्न सक्छन् । यस्तो अवस्थामा उनीहरूलाई सबै कुरा निःशुल्क दिइन्छ । यो गाउँ युरोपेली देश फ्रान्समा छ र अन्य ठाउँहरूभन्दा याे धेरै फरक छ ।

सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर ल्यान्डेस नामक यस गाउँका हरेक नागरिक बिर्सने रोग अर्थात् डिमेन्सियाबाट पीडित छन् । यो गाउँ विशेषगरी डिमेन्सियासँग जुधिरहेका मानिसहरूका लागि बनाइएको हो, जसले साना–ठूला कुराहरू बिर्सन्छन् । यो प्रयोगात्मक गाउँ बोर्डो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको निगरानीमा रहन्छ, जो ६ महिनामा एकपटक हेर्न आउँछन् र मानिसहरूको प्रगति जाँच्छन् ।

यहाँ बस्नेहरूलाई पैसा जगेडा गरेर राख्नुपर्ने कुनै आवश्यकता छैन । गाउँको चोकमा एउटा जनरल स्टोर छ, जहाँ सबै चीज निःशुल्क पाइन्छ । पसलका साथै रेस्टुरेन्ट, थिएटर र अन्य केही गतिविधि पनि छन्, जसमा मानिसहरूले भाग लिन सक्छन् । बीबीसीको रिपोर्टअनुसार यस गाउँका बासिन्दाका परिवारले उनीहरूको बसाइका लागि झण्डै ४१ लाख रुपैयाँ शुल्क तिर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved