कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आइतबार अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न थप समय दिएको हो । यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएको थियो ।
रविलाई जिल्ला अदालत कास्कीमा आइतबार पाचौं पटक उपस्थित गराएको हो । अब काठमाडौंमा लगेर रविबारे अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप रविमाथि छ ।
अदालतमा रविको याचनास् श्रीमान् म भाग्दिनँ, धरौटीमा छाडिदिनुस्
रविसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
रवि र छविविरुद्ध चितवनको सहारा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसअघि काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।
Facebook Comment
Comment