प्रतिनिधि सभाका सचिव अधिकारीले दिए राजीनामा

नेपालभ्युज

प्रतिनिधि सभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् ।

गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए । त्यसअघि उनले शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएका थिए ।

नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । अवकास लगत्तै फेरि उनी सोही स्तरको प्रतिनिधिसभामा नियुक्त भएका थिए ।

प्रतिनिधि सभा र राष्ट्रियसभामा बाहिरबाट सचिव नियुक्त गर्ने नियम छ । राजीनामामा स्वास्थ्यको कारण देखाए पनि उनले आफू उक्त पदका लागि फिट नभएको बताउने गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved