काठमाडौं । सिनामंगलको एक गेष्ट हाउसमा मृत भेटिएका युवा–युवती पतीपत्नी रहेको खुलेको छ ।
मृत हुनेहरूमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन् ।
उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।
उनीहरू सिनामंगलस्थित जन्मभूमि गेष्ट हाउसको बरन्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
उनीहरू शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।
आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।
सिनामंगलको गेष्टहाउसमा युवायुवतीको रहस्यमय ढंगले मृत्यु
Facebook Comment
Comment