दुर्गा प्रसाईंलाई पुर्‍याइयो अदालत

नेपालभ्युज

दुर्गा प्रसाईंलाई पुर्‍याइयो अदालत
फाइल तस्वीर ।

काठमाडौं । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (आइतबार) म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि अदालतमा पेस गरिएको हो ।

प्रसाईंमाथि अनुसन्धानका लागि अदालतले बुधबार प्रहरीलाई पाँच दिनको म्याद दिएको थियो । त्यो सकिएपछि आज पुनः म्याद थप्न लागिएको प्रहरी स्रोतले जनाएको छ ।

मंगलबार पक्राउ परेका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको आरोप लगाएका थिए । प्रधानमन्त्रीविरुद्धको सोही विवादास्पद बयानपछि उनी पक्राउ परेका हुन् ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved