भारतीय सेना प्रमुखको पोखरा भ्रमण : भूतपूर्व गोर्खा सैनिकको र्‍यालीलाई सम्बोधन

नेपालभ्युज

भारतीय सेना प्रमुखको पोखरा भ्रमण : भूतपूर्व गोर्खा सैनिकको र्‍यालीलाई सम्बोधन

काठमाडौं । भारतीय सेना प्रमुख (स्थल सेनाध्यक्ष) जनरल उपेन्द्र द्विवेदीले शनिबार पोखराको भ्रमण गरे । सो अवसरमा उनले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको र्‍यालीलाई सम्बोधन गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवं वीर नारीलाई सम्मान गर्दै उनीहरूसँग जनरल द्विवेदी र सेनापत्नी कल्याण सङ्घ (भारतीय सेना)की अध्यक्ष श्रीमती सुनिता द्विवेदीले कुराकानी गरे ।

भारतीय सेना प्रमुख द्विवेदीले गोर्खा सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरेका थिए । साथै जनरल द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गरी पृतनापति उपरथी सन्तोषबल्लभ पौड्याल र उनका स्टाफ अफिसरहरूसँग अन्तक्र्रियासमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved