भारतीय सेना प्रमुख द्विवेदीको सम्मानमा रात्रिभोज आयोजना

नेपालभ्युज

भारतीय सेना प्रमुख द्विवेदीको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीको सम्मानमा जंगी अड्डामा रात्रिभोजको आयोजना गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले द्विवेदीको सम्मानमा बिहीबार रात्रिभोजको आयोजना गरेका हुन् ।

नेपाल र भारतका सेनाको बिचमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।

मंसिर ५ मा काठमाडौँ आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले  उक्त दर्जा प्रदान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved