काठमाडौं र ललितपुरमा तीन जना मृत भेटिए

नेपालभ्युज

काठमाडौं । ललितपुर र काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन जना मृत भेटिएका छन् ।

प्रहरीकाअनुसार बिहीबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्लासिकल होटलमा एक जना मृत फेला परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक मृत फेला परेका हुन् ।

यस्तै, काठमाडौं–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अर्का एक पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ । करिब ५५ वर्षका ती व्यक्तिको सनाखत भने हुनसकेको छैन ।

यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि एक व्यक्ति मृत भेटिएका छन् । सनाखत हुन नसकेको करिब ४५ वर्षीयका तीन पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved