दुर्गा प्रसाईंलाई अदालतमा पेस गरियो

नेपालभ्युज

दुर्गा प्रसाईंलाई अदालतमा पेस गरियो

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा पेस गरिएको छ ।

सरकारी वकिलको कार्यालयपछि उनलाई जिल्ला अदालत, काठमाडौं लगिएको हो ।

प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए । प्रसाईंलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved