गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने ९ युट्युब कारबाहीमा

नेपालभ्युज

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने ९ युट्युब कारबाहीमा

काठमाडौं ।  प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाउने ९ वटा युट्युव च्यानललाई मंगलबार कारबाहीमा गरेको छ ।

तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको जनाएको छ ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो ।

आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई विज्ञप्तिमाफर्त  आग्रह गरेको  छ ।

‘अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन’, काउन्सिलले विज्ञप्तिमा भनेको छ ।  विज्ञप्तिमा कारवाहीमा परेका संचार माध्यमहरुको विवरण समेत  उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved