काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई भोलि मात्र अदालतमा पेस गरिने भएको छ ।
मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो ।
त्यसलगत्तै स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । अहिले सीआईबीले प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।
उनीमाथि विभिन्न मुद्दा परेको कारण कुनमा कारबाही अगाडि भन्नेबारे निर्णय भइसकेको छैन । आज उक्त विषयमा छलफल गरेर भोलि अदालतमा पेस गरिने प्रहरीको उच्च स्रोतले जनाएको छ ।
उनलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।
प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।
यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
‘पटके’ सूचिमा रहेका प्रसाईंविरुद्ध मुद्दाको खात, हुनसक्छ सातवर्ष कैद !
दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ
Facebook Comment
Comment