फेरि पक्राउ परे दुर्गा प्रसाईं

नेपालभ्युज

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

मंगलबार दिउँसो सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो ।

प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved