दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ

नेपालभ्युज

दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंगलबार दिउँसो सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद बयान दिएका कारण उनी पक्राउ परेका हुन् । प्रसाईंले हालै कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको दाबी गरेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको बताएका थिए ।

प्रसाईंको फेसबूक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन् । तर, उक्त दाबी आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।

प्रसाईंले भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाएका छन् । जसमा १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता Khadka Prasad oli (KP Oli) उल्लेख छ ।

ओलीको नक्कली हस्ताक्षर रहेको अर्को कागज पनि प्रमाणका रूपमा देखाइएको छ, जहाँ उनको नाम लेखिएको छ, Khadga Prasad oli (KP Oli) । यसरी दुईवटा कागजमै नामको स्पेलिङ फरक छन्, यसबाट थाहा हुन्छ सोझै उक्त कागजहरु नक्कली हुन् ।

प्रसाईंले यसअघि पनि रिस उठेका मान्छेलाई अपुष्ट आरोप लगाउँदै बदनाम गर्ने गरेका छन् ।

अपडेट –

दुर्गा प्रसाईंलाई पुर्‍याइयो सीआईबी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved